+
+

अखिल क्रान्तिकारीले माघमा राष्ट्रिय सम्मेलन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २ गते १८:४०

२ असोज, काठमाडौं । नेकपा निकट अखिल (क्रान्तिकारी)ले आगामी माघमा संगठनको २३औँ राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले १० देखि १३ माघसम्म काठमाडौँमा आफ्नो राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको संगठनका महासचिव ललित सीले जानकारी दिए ।

राष्ट्रिय सम्मेलनको मिति घोषणा भएसँगै वर्तमान केन्द्रीय समितिलाई आयोजक समितिमा परिणत गरी विभिन्न उपसमितिहरू गठन गरेको छ ।

संगठनका निवर्तमान अध्यक्ष प्रकाश सीको नेतृत्वमा विधान तथा प्रतिवेदन लेखन, उपाध्यक्ष नरेन्द्र सीको नेतृत्वमा आर्थिक, महासचिव ललित सीको नेतृत्वमा व्यवस्थापन, प्रकाश जप्रेलको नेतृत्वमा सांस्कृतिक तथा कला र प्रितिमा सीको नेतृत्वमा अतिथि व्यवस्थापनलागयत उपसमिति गठन गरेको छ ।

संगठनले २३ औँ सम्मेलनबाट संगठनको नाम परिवर्तन गर्ने र यसका लागि सुझाव समेत संकलन गर्ने निर्णय गरेको छ ।

यस्तै सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयक २०८० ले शिक्षामा नवउदारवादी नीतिको पक्षेपोषण गरेको, शिक्षामा निजिकरण र व्यापारिकरणलाई वैधता दिएको र संविधानले नै परिकल्पना गरिएको समाजवादउन्मुख अनिवार्य तथा निशुल्क शिक्षाको प्रावधान विरुघ रहेको भन्दै देशव्यापी संघर्ष गर्ने निर्णय समेत गरेको छ । त्यसका लागि ७ असोजमा संगठनले अन्रक्रिया कार्यक्रम समेत आयोजना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?