+
+

खानेपानीका ७ सहसचिवको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २ गते १९:४४

२ असोज, काठमाडौं । खानेपानी मन्त्रालयले सात जना सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले मेलम्ची विकास समितिका कार्यकारी निर्देशकलाई अन्यत्र खटाएको छ भने खानेपानी विभागका महानिर्देशक पनि फेरेको छ ।

मेलम्ची विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठलाई खानेपानी विभागको महानिर्देशकमा लगिएको छ । विभागका महानिर्देशक रमाकान्त दुवाडी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय विराटनगर पुगेका छन् । विराटनगर सरुवा भएका दुवाडीले अध्ययन विदा लिएको मन्त्रालय स्रोतले बतायो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय विराटनगरका प्रमुख सुरत बमलाई मेलम्ची खानेपानी विकास समितिको उपकार्यकारी निर्देशक बनाइएको छ । मन्त्रालय स्रोतका अनुसार बमलाई कार्यकारी निर्देशक बनाउने तयारी छ ।

रामचन्द्र काफ्लेलाई संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय बुटवलमा, उज्वल प्रजापतिलाई हेटौंडा, जक्की अहमदलाई जनकपुर र बालमुकुन्द श्रेष्ठलाई खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतमा खटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?