+
+
WC Series
जनकपुर बोल्ट्स 2025
12/2 (1.2)
VS
११२ बलमा १४४ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

नेपालको संविधान दिवसमा अमेरिकी विदेशमन्त्रीले पनि दिए शुभकामना

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३ गते ८:४३

३ असोज, काठमाडौं । नेपालको संविधान दिवसको अवसरमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले पनि शुभकामना सन्देश दिएका छन् । यो अवसरलाई उनले नेपालले गरेको उल्लेखनीय प्रगति र बलियो मित्रतालाई कदर गर्ने क्षण भनेका छन् ।

समझदारी, विश्वास, र सद्भावनालाई बढावा दिने जनता–जनता बीचको गढिलो सम्बन्ध नै द्विपक्षीय मित्रताको आधारशिला हो भन्दै अमेरिकी विदेशमन्त्रीले भनेका छन्, ‘हामी यो विशेष दिन मनाउने क्रममा हाम्रा दुई राष्ट्रहरू बीच यी अमूल्य सम्बन्धहरूप्रति हाम्रो शान्ति, सहयोग, र पारस्परिक समृद्धिलाई प्रवर्द्धन गर्ने प्रतिबद्धतालाई नवीकरण गर्न चाहन्छौं ।’

उनले अमेरिकी जनता र सरकारको तर्फबाट नेपालको संविधान दिवसको अवसरमा सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन् । ‘आज असोज ३, नेपालको संविधान दिवसको अवसरमा म संयुक्त राज्य अमेरिकाको तर्फबाट सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु,’ अमेरिकी विदेशमन्त्री ब्लिंकेनको शुभकामना सन्देशमा लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?