+
+

एलन मस्कले गर्दैछन् नयाँ योजना, एक्स चलाउने सबैले शुल्क तिर्नुपर्ने !

एजेन्सी एजेन्सी
२०८० असोज ३ गते ९:३१

अर्बपति एलन मस्कले तत्कालीन ट्वीटर (हालको एक्स) कम्पनी खरिद गरेयता यस प्लाटर्फममा विभिन्न विभिन्न परिवर्तन गरिरहेका छन् ।

सुरुमा मस्कले प्रयोगकर्ताबाट उनीहरुको नि:शुल्क ब्लु टिक खोसिदिए र मासिक शुल्क तिर्नुपर्ने नियम बनाए ।

मस्कको उक्त कदम विवादरहित बन्न सकेन । विभिन्न चर्चित हस्तीहरु, राजनेता तथा सेलिब्रेटीहरुले त्यसको आलोचना समेत गरे र कतिपयले त ट्वीटरको ब्लु टिकका लागि शुल्क नतिर्ने घोषणा नै गरिदिए ।

अहिले ब्लु टिक पाउनका लागि एक्स (ट्वीटर) लाई मासिक रुपमा शुल्क तिरेर सब्सक्रिप्सन लिनुपर्दछ र ब्लु टिक नलिएका आम एक्स प्रयोगकर्ताले भने शुल्क तिर्नुपर्दैन । तर, अब नि:शुल्क रुपमा ट्वीटर चलाउन पाउने दिन पनि धेरै बाँकी नरहेको संकेत देखिंदैछ । किनकि एलन मस्कले सबैखाले प्रयोगकर्तालाई एक्स प्लाटर्फम प्रयोग गर्नका लागि शुल्क तिर्नैपर्ने नियम बनाउन लागेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु सँगको लाइभ स्ट्रम कुराकानीका क्रममा एलन मस्कले यस्तो संकेत गरेका हुन् ।

सबैखाले एक्स प्रयोगकर्तालाई शुल्क लगाउने विषयमा आफ्नो योजनातर्फ संकेत गर्दै मस्कले यो कदमका कारण एक्समा बोट्स अकाउन्टको संख्या उल्लेख्य रुपमा घट्ने बताएका छन् ।

कुनै वास्तविक प्रयोगकर्ता नरहेका त्यस्ता स्वचालित बोट्स अकाउन्टहरुको संख्या कम गर्नका लागि केही डलर थप भुक्तान गर्नुपर्ने भए पनि आफू पछि नहट्ने मस्कको भनाइ छ ।

योसँगै बोट अकाउन्ट बनाउने प्रयोगकर्ताले धेरै अकाउन्ट खोल्नका लागि धेरै रकम तिर्नुपर्नेछ, जसले अवास्तविक स्वचालित एक्स अकाउन्ट सिर्जना गर्ने कार्यलाई निरुत्साहित गर्नेछ ।

यद्यपि बोट अकाउन्ट रोक्नका लागि आम एक्स प्रयोगकर्तालाई शुल्क लगाउने एलन मस्कको योजना कहिलेदेखि कार्यान्वयनमा आउने हो भन्ने खुलेको छैन ।

यसैबीच मस्कले एक्स प्रयोगकर्ताका लागि एउटा अर्को नयाँ फिचर ल्याउँदैछन् । यसबाट प्रयोगकर्ताहरुले आफ्नो प्रोफाइलका पोस्टहरुलाई खोज्न तथा छान्न सक्नेछन् र सबैभन्दा धेरै लाइक गरिएका पोस्टलाई कस्टमाइज पनि गर्न सक्नेछन् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?