+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिकसम्बन्धी विषय अध्यापन गराउँदै आईएसएमटी कलेज

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३ गते १९:२३

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा रहेको आईएसएमटी कलेजले आईटी कोर्ष बीएस्सी (हन्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक कार्यक्रम यस वर्षदेखि सञ्चालनमा ल्याएको छ ।

विश्व नै प्रविधिमैत्री भइरहेको अवस्था र नेपालमा आईटीको भविष्यको प्रवल सम्भावनाहरु बढ्दै गइरहेको सन्दर्भमा विश्व लगायत नेपालको सरकारी, गैरसरकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, प्राइभेट, बैंक तथा वित्तीय संस्था लगायत विभिन्न सेक्टरमा अत्यधिक सम्भावना रहेको यस बीएस्सी (हन्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक कोर्ष अध्यापन गराउन सुरु गरेको कलेजले जनाएको छ ।

कलेजका अनुसार यस किसिमको विषय अध्ययन गर्दा विद्यार्थीहरुले इथिकल ह्याकिङ्ग, साइबर हमला हुँदा गर्नुपर्ने काम, डिजीटल फरेन्सीक्स अनुसन्धान, कुनै पनि व्यक्तिगत तथा सांगठनिक डेटा सुरक्षा, आर्टिफिसियल इन्टेलिजेन्स, ब्लक चेन तथा साइबर सेक्युरिटी विशेषज्ञको रुपमा सक्षम भएर निस्कने र सहजै रोजगारी पाउने सम्भावना रहेको छ ।

आईएसएमटी कलेजले युनिभर्सिटी अफ सन्डरल्याण्डको सम्बन्धनमा र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको अनुमतिमा बीबीए, बीएचएम, बीएस्सी (हन्स) कम्प्युटर सिस्टम इन्जिनियरिङ कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?