+
+

असोज १२ देखि भ्वाइस अफ नेपाल सिजन-५ को प्रसारण

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ४ गते १२:१८
फाइल तस्वीर

काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन-५ को प्रसारण आगामी असोज १२ गतेदेखि सुरु हुने भएको छ । हिमालय टिभी एचडीले उक्त मितिदेखि यो लोकप्रिय सांगीतिक टेलिभिजन रियालिटी शोको नयाँ सिजन प्रसारण हुन लागेको जनाएको छ ।

नयाँ सिजनमा उदय सोताङ र मिलन नेवार नयाँ कोचको रुपमा भित्रिएका छन् । अघिल्लो सिजनमा कोच रहेका प्रमोद खरेल र राजेशपायल राईले निरन्तरता पाएका छन् ।

डिजिटल अडिसनमा सहभागी ६० हजार आवेदकमध्येबाट छानिएका १२० भन्दा बढी प्रतिभा ब्लाइन्ड अडिसनमा सहभागी रहेको निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । ब्लाइन्ड अडिसनबाट छनोट भएका ६४ प्रतिभाले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।

निर्देशक पौडेलका अनुसार पाँचौं संस्करणमा ‘ब्लक्ड’ नियम थपिएको छ । एउटा कोचले अर्को कोचलाई कमजोर बनाउन र आफूलाई बलियो देखाउन यो नियम थपिएको र यसले प्रतिस्पर्धालाई रोचक बनाउने पौडेलले बताए । साथै, यसपटक नकआउट चरणमा नौ जना प्रतिस्पर्धीले सामूहिक रुपमा गायकी पस्किनेछन् ।

‘गत वर्षभन्दा झण्डै दोब्बरको संख्यामा डिजिटल अडिसनमा आवेदन परेको थियो । त्यसैले अडिसन स्क्रिनिङमै झण्डै तीन महिना लाग्यो,’ निर्देशक पौडेलले भने, ‘यसपटक धेरै जना ग्रामीण भेगबाट मौलिक आवाज आएका छन् । ब्लाइण्ड अडिसनमा पुगेका झण्डै १२० प्रतिभा साँच्चिकै अद्भूत छन् ।’

पाँचौं सिजनको टाइटल स्पोन्सरको रुपमा डावर रेड पेस्ट रहेको छ । भ्वाइस अफ नेपाल किड्स, हिमालय रोडिज, हिमालय लोकस्टार लगायतका रियालिटी शो प्रसारण गरिरहेको हिमालय टेलिभिजनले निकट भविष्यमै बिजनेस रियालिटी शो ‘सार्क ट्याङ्क’ र फेसन रियालिटी शो ‘नेपाल्स नेक्स्ट टप मोडल’ प्रसारण गर्ने भएको छ । अहिले एड्भेन्चर रियालिटी शो ‘हिमालय रोडिज ५’ प्रसारण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?