+
+

घरेलु हिंसाको कथामा ‘सीता’

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ४ गते १७:४५

घर–घरको समस्या बनेको छ, घरेलु हिंसा । खासगरी महिलामाथि कुनै न कुनै किसिमको हिंसा हुने गरेको छ । भलै यस्तो हिंसा पुरुषको हकमा पनि नभएको होइन ।

घरभित्रै हुने हेपाई, दूर्व्यवहार आदिलाई कथा बनाएर तयार गरिएको टेलिशृंखला हो, सीता ।  सहिन प्रजापतिको लेखन तथा निर्देशनमा तयार भएको यो टेलीशृंखला आगमी असोज ८ गतेबाट हिमालय टेलिभिजनमा प्रसारण हुने जनाइएको छ । हरेक मंगलबार राती आठ बजे यो शृंखला प्रसारण हुने कलाकार बालकृष्ण ओलीले बताए । उनले यस टेलीशृंखलामा जड्याह श्रीमान्को भूमिका निर्वाह गरेका छन् ।

सीता यस टेलिशृंखलाको मूख्य पात्र हुन्, जसलाई निर्वाह गरेकी छिन् सुनिसा बजगाईंले । यसमा राजु भुजु, सविता गुरुङ, तारा केसी, आरके मानन्धर, बासु खनाल, उत्तम आचार्य लगायतले अभिनय गरेका छन् ।

आरटी इन्टरटेनमेन्टको प्रस्तुती रहेको यस टेलीशृंखला ४८ भागसम्म प्रसारण हुने ओलीले बताए । उक्त टेलिशृंखलाको हाल ट्रेलर सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?