+
+

एमाले मधेश अधिवेशनको तयारी सुरु

असोज २४ गतेदेखि जनकपुरधाममा हुने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ५ गते २०:२३

५ असोज, जनकपुरधाम । नेकपा एमालेको मधेश प्रदेश अधिवेशनको तयारी सुरु भएको छ । एमालेको अधिवेशन आगामी असोज २४, २५ र २६ गते गते जनकपुरधाममा हुने छ ।

मधेश अधिवेशनको तयारीका लागि विभिन्न समिति तथा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको छ ।

एमालेका मधेश प्रदेश प्रचार विभाग प्रमुख शोम शर्माका अनुसार प्रदेश अध्यक्ष रामअवतार यादवको संयोकत्वमा प्रतिनिधि छनोट तथा व्यवस्थापन समिति, प्रदेश उपाध्यक्ष रेवती पन्तको संयोजकत्वमा जनपरिचालन समिति गठन गरिएको छ ।

त्यस्तै कमलकिशोर चौधरीको संयोजकत्वमा स्वयम सेवक परिचालन समिति, शिवशंकर साह हिराको संयोकत्वमा खाद्य व्यवस्थापन समिति, मोहम्मद कायस्थको संयोकत्वमा आवास व्यवस्थापन समिति र प्रचार विभाग प्रमुख शर्माको संयोकत्वमा प्रचार प्रसार समिति गठन गरिएको जनाएको छ ।

यस्तै पोलिटव्युरो सदस्यहरु लिलानाथ श्रेष्ठ, जुली महतो र अच्युत मैनाली रहेको प्रतिनिधि छनोट, व्यवस्थापन तथा सुपरिवेक्षण अनुगमन समिति समेत गठन गरिएको प्रचार विभाग प्रमुख शर्माले बताए ।

उनका अनुसार अगामी असोज ११ गते अधिवेशनको मूलनारा सहितको व्यानर र लोगो सार्वजनिक गरिने छ ।

अधिवेशनबाट दलित, आदिवासी जनजाती, महिला, युवासहितका कलस्टर र विधिभन्न जनवर्गीय संगठनबाट प्रतिनिधित्व हुने गरी २३५ सदस्य प्रदेश कमिटी चयन गरिने शर्माले बताए ।

अधिवेशनका लागि १५० स्वयम् सेवक र ५० जना पर्यवेक्षक खटाइने छ । जनकपुरको महेन्द्रनारायण निधि प्रतिष्ठान भवनको प्राङगणमा अधिवेशनको उद्घाटन सत्र असोज २४ गते गर्ने एमालेको तयारी छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको शर्माले बताए ।

शर्माका अनुसार अधिवेशनका लागि आठवटै जिल्लामा रहेको करिब ६० हजार सक्रिय सदस्य मध्येबाट एक हजार अधिवेशन प्रतिनिधि छनोट गरिने छ । असोज १३ गते मधेश प्रदेशको १३६ वटै पालिकामा मनोनयन दर्ताको कार्यक्रम एमालेले राखेको छ ।

केन्द्रीय समितिले असोज ५ र ६ गते नै तोकेको थियो । तर तयारी हुन नसकेपछि मधेश प्रदेश कमिटीले समन्वय गरी भदौ १९ गते बर्दिबासमा बसेको बैठकबाट असोज २४ गतेका लागि अधिवेशनको मिति तय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?