+
+

गृहमन्त्रीको आक्रोश : मन्त्री भएका कारण उठ, आइज भन्ने हुन्छ र !

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ७ गते १७:३७

७ असोज, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूसँग असम्बन्धित छलफलमा समेत बोलाएको भन्दै राज्य व्यवस्था समितिसामू असन्तुष्टि जनाएका छन् ।

अख्तियार दुरुपयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्न समितिको बैठक आइतबार बिहान बोलाइएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रस्तुत गरेको विधेयकमाथिको छलफलमा आफू असम्बन्धित भए पनि समितिले आउनै पर्ने भनेकोमा उनले असन्तुष्टि जनाए ।

‘सभापतिजीले तपाईँ नआइकन बैठक नै चल्न दिन भन्नुभयो भनेर के भन्नुभयो’, सदासयता देखाएर मात्र आफू आएको भन्दै गृहमन्त्री श्रेष्ठले भने, ‘म संसदलाई सम्मान गर्छु, संसदीय समितिलाई सम्मान गर्छु, तर लोकतान्त्रिक मुल्य मान्यता, त पनि त हुँदो हो नि ! हामी पद्दतीमा चल्नु पर्‍यो ।’

साथै उनले आएको बेलामा सबै विषयमा प्रश्न राख्ने भने संसदमा जस्तै प्रश्नउत्तर राख्न सुझाए । ‘म आएको बेलामा सधैं यसरी प्रश्न गर्ने हो भने संसदमा जस्तै गृहमन्त्रीसँग प्रश्नोत्तर राखिदिनुहोस् न समितिमा पनि । म आइहाल्छु नि’ उनले भने, ‘मन्त्री भएका कारण उठ, आइज, तँ कहाँ छन् भन्ने हुन्छ र !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?