+
+

द ब्रिटिस कलेजका ४०७ जना विद्यार्थी दीक्षित

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ७ गते १३:२५

काठमाडौं । ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी) का ४०७ जना विद्यार्थीहरु दीक्षित भएका छन् ।

शुक्रबार बौद्धस्थित हायत रिजेन्सी होटलमा भएको कार्यक्रममा लिड्स बेकेट युनिभर्सिटी (एलबीयू) र द युनिभर्सिर्टी अफ द वेस्ट अफ इंग्ल्याण्ड (यूडब्ल्यूई)का विद्यार्थीहरु दीक्षित भएका हुन् ।

दुई सत्रमा सञ्चालन भएको कार्यक्रममा पहिलो सत्रमा बिजनेस विषयहरु बीबीए, एमबीए, बीएचएम, एमआईबीएम र ईएमबीएका विद्यार्थीहरु दीक्षित भएका थिए ।

कलेजका अनुसार दोस्रो सत्रमा आईटी विषयहरु बीएससी (हन्स) कम्प्युटिङ र एमएससी आइटीका विद्यार्थीहरु दीक्षित भएका थिए ।

दीक्षान्त कार्यक्रममा नेपाल तथा बेलायतका एकेडेमिसियन, दीक्षित हुने विद्यार्थी एवम् दीक्षित विद्यार्थीका अभिभावकहरूको उपस्थिति रहेको थियो ।

कलेजका सल्लाहकार एवम् एमबीई ब्रिटिस एजुकेसन ग्रुपका उपाध्यक्ष पाउल क्लिभ्सले उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरेका थिए।

कार्यक्रमको उद्घाटन कलेजका कार्यकारी एक्जिक्युटिभ डाइरेक्टर महेन्द्रराज कँडेलले गरेका थिए भने कलेजका सीईओ राजन कँडेलले स्वागत मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?