+
+

नेप्सेमा दोहोरो अंकको गिरावट, ३ कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ७ गते १५:२८

७ असोज, कठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से १९.४२ अंकले गिरावट भएर २०१०.३५ को विन्दुमा बन्द भएको छ ।

नेपाल राष्ट्र बैंक मार्जिन प्रकृतिको सेयर धितो कर्जाको १२ करोडको सीमा पुनरवलोकन गर्ने भएपछि गत बिहीबार ४४ अंकको उच्च वृद्धि भएको नेप्से आइतबार भने दोहोरो अंकको गिरावट भएको छ । लगातार ३ कारोबार दिन बढेर गत बिहीबार २०२९.७८ को विन्दुमा बन्द भएको नेप्से आइतबार ०.९५ प्रतिशतले गिरावट भएको हो।

उक्त सीमा पुनरवलोकन गरी परिपत्र जारी हुन बाँकी रहेको नेप्सेमा बिहीबारको वृद्धि कायम नभएको बजारका जानकारहरु बताउँछन् । उक्त सीमा पुनरवलोकन हुँदा बजारलाई ठूलो प्रभाव नपरे पनि सेयर लगानीकर्तामा मनोवैज्ञानीक प्रभाव पर्ने र त्यसले लगानीकर्ताको मनोबल बढ्ने बजारका जानकारहरु बताउँछन् ।

आइतबार नेप्सेमा लघुवित्त बाहेक सबै उपसूचकमा गिरावट भएको छ । लघुवित्त उपसूचक ०.९९ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक सर्वाधिक १.९८ प्रतिशतले गिरावट भएको छ । यस्तै व्यापार र हाइड्रोपावर उपसूचक १.८१ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्यटन उपसूचक १.६५ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेसँगै आइतबार कारोबार रकम पनि घटेको छ । गत बिहिबार ३ अर्ब नाघेको कारोबार रकम आइतबार २ अर्ब ३२ करोड ६९ लाखको कारोबार भएको छ । आइतबार माछापुच्छ्रे बैंकको सर्वाधिक १३ करोड २५ लाखको सेयर कारोबार भएको छ । लाभांश बुक गर्ने अन्तिम कारोबार दिन भएकोल बैंकको सेयर कारोबारमा चाप देखिएको हो । यस्तै सन् नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ७४ लाख र शिवम् सिमेन्टको ९ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आइतबार नेप्सेमा कुल २३१ सूचीकृत कम्पनीको सेयर कराोबार भएकोमा १६६ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ६२ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३ कम्पनीको स्थिर छ ।

आइतबार कारोबार भएकामध्ये स्वरोजगार लघुवित्त, हिमालयन लघुवित्त र एशियन हाइड्रोपावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै थ्री स्टार हाइड्रोपावरको सेयरमूल्य ९.७३ प्रतिशतले बढेको छ ।

शुभम् पावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा नबिल ब्यालेन्स फण्ड २ को इकाइमूल्य ५.४५ प्रतिशत र मायाखोला हाइड्रोपावरको सेयरमूल्य ५.३७ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?