+
+

आईएमई मार्फत सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ७ गते १७:१०

काठमाडौं । रेमिट्यान्स सेवा प्रदायक कम्पनी आईएमईले विदेशमा रहेका नेपालीले सामाजिक सुरक्षा कोषमा योगदान बापतको रकम जम्मा गर्न सकिने व्यवस्था मिलाएको छ ।

विदेशमा रहेको आईएमई रेमिट्यान्ससँगको पार्टनरसीप मार्फत सजिलै विदेशमा रहेका नेपालीले यो सुविधा लिन सक्नेछन् ।

सामाजिक सुरक्षा कोषलाई रेमिट्यान्स प्लेटफर्ममा एकीकृत गर्न आईएमई पहिलो रेमिट्यान्स कम्पनी बनेको छ ।

आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आईएमईले यो सुविधा मार्फत विदेशमा रहेका  नेपालीको भरोसालाई कायम राख्न थप सेवा प्रदान गरिएको बताए ।

कोषले अघि बढाएको वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा योजनाको प्रवर्द्धनका लागि समेत आईएमईको सेवाले सहयोग पुग्ने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?