+
+

नयाँ बानेश्वरमा युनिक्याम्पस ग्लोबलको नयाँ शाखा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ७ गते १८:०७

काठमाडौं । २२ वर्षदेखि शिक्षा परामर्श सेवामा काम गरिरहेको युनिक्याम्पस ग्लोबलले काठमाडौंको नयाँ बानेश्वरमा नयाँ शाखा विस्तार गरेको छ ।

यस क्याम्पसले पोखरा, चितवन, पर्सा र बुटवलमा आफ्नो शाखा विस्तार गरिसकेको छ भने अमेरिका, सिड्नी, क्यानडा र बेलायतमा पनि कार्यालय स्थापना गरिसकेको छ ।

विद्यार्थीको सहजताका लागि नयाँ बानेश्वरमा पनि नयाँ शाखा विस्तार गरिएको क्याम्पसले जनाएको छ ।

नयाँ शाखा विस्तारले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शिक्षा हासिल गर्न मद्धत पुग्ने युनिक्याम्पसका प्रबन्ध निर्देशक विज्ञान श्रेष्ठले जानकारी दिए ।

नयाँ बानेश्वर शाखाले स्थानीय विद्यार्थीहरूलाई विदेश अध्ययनका लागि विश्वविद्यालय छनोट, आवेदन र छात्रवृत्तिमा सहयोग लगायतका व्यक्तिगत मार्गदर्शन उपलब्ध गराउने युनिक्याम्पसका प्रमुख कार्यकारी अधिकृत घनश्याम घिमिरेले जानकारी दिए ।

अष्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत, न्यूजिल्याण्ड लगायत ६ वटा देशमा अध्ययनका लागि जाने विद्यार्थीलाई युनिक्याम्पसले परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।

१ सयभन्दा धेरै विश्वविद्यालयसँग आबद्ध रहेको युनिक्याम्पसले हालसम्म १५ हजारभन्दा बढी विद्यार्थीलाई सेवा उपलब्ध गराइसकेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?