+
+

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा विशेष पूजा अर्चना

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ८ गते १०:०५

८ असोज, जनकपुरधाम । राष्टप्रति रामचन्द्र पौडेल जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा दर्शन तथा पूजा अर्चना गरेका छन् ।

राष्ट्रपति भएपछि पहिलोपटक जनकपुरधाम आएका उनले जानकी मन्दिरमा विशेष पूजा अर्चना गरेका हुन् ।

राष्ट्रपति पौडेलले जनकपुरधाम उपमहानगरपालिकाले व्यवस्था गरेको कपडाको चप्पल लगाएर जानकी मन्दिरको दर्शन तथा पूजा गरेका हुन् । यस विषयमा आलोचना भएको छ ।

आज दिउँसो जनकपुरधाममा जिल्ला प्रहरी कार्यालय अगाडि निर्मित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सोही कार्यक्रममा उनलाई जनकपुरधाम उपमहानगरपालिले नागरिक अभिनन्दन गर्ने तय भएको छ ।

राष्ट्रपति जनपुरधाम आएपछि सुरक्षाव्यवस्था कडा पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?