+
+

गैंडालाई मारेको २५ वर्षपछि ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ८ गते १३:१३

८ असोज, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा मारेको अभियोगमा दोषी ठहर भएका चार जना २५ वर्षपछि पक्राउ परेका छन् ।

२०५५ साल कात्तिकमा गैडा मारी खाग काटेर लगेको अभियोगमा १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सुनाइएका विष्णु कार्की, गोगनबहादुर बानियाँ र यामबहादुर बानियाँ तथा ६ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाइएका हरि कार्की पक्राउ परेका हुन् ।

उनीहरुले २०५५ कात्तिकमा निकुञ्जको अमृते पोष्टदेखि करिब डेढ किलोमिटर पूर्व पन्ना खोला नजिक गैंडालाई खाल्डोमा पारेर मारेको निकुञ्जले फैसला गरेको थियो ।

निकुञ्ज कार्यालय र निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेना खड्ग दल गणको संयुक्त टोलीले जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय काभ्रेको सहयोगमा उनीहरुलाई पक्राउ गरेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार विष्णु कार्की र गोगनबहादुर क्षेत्रीलाई शनिबार र यमबहादुर बानियाँलाई सानोपोखराबाट पक्राउ गरिएको हो । यस्तैं हरि कार्कीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको सहयोगमा पाँचखालबाट शनिबार पक्राउ गरिएको हो ।

चितवन निकुञ्ज कार्यालयले उनीहरु विरुद्ध २०५७ माघ २५ गते नै दोषी ठहर गरी सजाय सुनाएको थियो । पक्राउ परेका चारै जनालाई कारागार कार्यालय भरतपुर चलान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?