+
+

नेप्सेमा एकल अंकको गिरावट, कारोबार रकम डेढ अर्बमा झर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ८ गते १५:२७

८ असोज, काठमाडौं । सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक ५.८९ अंकले घटेर २००४.४५ को विन्दुमा बन्द भएको हो ।

आइतबार २०१०.३५ को विन्दुमा बन्द भएको नेप्से सोमबार ०.२९ प्रतिशतले गिरावट भएको थियो । गत बिहीबार ४४.३४ अंकको उच्च वृद्धि भएको बजार परिसूचक नेप्से आइतबार १९.४२ अंकले गिरावट भएको थियो । सोमबार लगातार दोस्रो कारोबार दिन पनि गिरावट भएको हो ।

नेप्सेमा गिरावट भएपनि सोमबार हाइड्रोपावर र म्युचुअल फण्ड उपसूचक भने बढेका छन् । बजारलाई लिड गर्ने बैंकिङ सहित अधिकांश उपसूचकमा गिरावट हुँदा हाइड्रोपावर उपसूचक ०.९२ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.३८ प्रतिशतले वृद्धि भएको छ ।

लगानी उपसूचक सर्वाधिक ०.९५ प्रतिशतले गिरावट हुँदा जीवन बीमा उपसूचक ०.७३ प्रतिशत र बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि ०.३५ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गत बिहीबार ३ अर्ब नाघेको कारोबार रकम आइतबार पनि २ अर्ब माथि थियो । तर, सोमबार भने कारोबार रकम डेढ अर्बमा झरेको हो ।

सोमबार ७८ हजार ४२१ वटा कारोबारमा ६५ लाख १६ हजार ६ कित्ता सेयर कारोबार हुँदा १ अर्ब ५६ करोड ५६ लाखको कारोबार भएको हो । जसमध्ये सन् नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ७ करोड ६९ लाखको कारोबार हुँदा रिलायबल लाइफ इन्स्योरेन्सको ६ करोड ५९ लाख र एनआईसी एशिया बैंकको ४ करोड ६३ लाखको कारोबार भएको हो ।

सोमबार नेप्सेमा कुल २३१ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १२९ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ९२ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । १० कम्पनीको सेयरमूल्य स्थिर छ । सोमबार कारोबार भएकामध्ये माइखोला हाइड्रोपावर कम्पनकिो सेयरमूल्य १० प्रतिशतले वृद्धि हुँदा एशियन हाइड्रोपावरर मन्दाकीनी हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

यस्तै इस्टन हाइड्रोपावर र हिमालयन लघुवित्तको सेयरमूल्य ९.९७ प्रतिशत र हिमालयन ऊर्जा विकास कम्पनीको सेयरमूल्य ९.९६ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लेभलमा बन्द भएको हो ।

यता शुभम् पावर कम्पनी र थ्री स्टार हाइड्रोपावरको सेयरमूल्यमा १९० प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट लेभलमा बन्द हुँदा नेप्सेमा सूचीकृत भएर सोमबार कारोबार सुरु भएको अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.९० प्रतिशतले गिरावट भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?