+
+

इन्द्रजात्रामा २० जना विदेशी पाहुना आउँदै

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ८ गते १४:०४

८ असोज, काठमाडौं । काठमाडौंमा उपत्यकामा मनाइने इन्द्रजात्रा पर्वमा सहभागी हुन २० जना विदेशी पाहुना आउने भएका छन् । काठमाडौं महानगरपालिकाका अनुसार अमेरिका र चीनसहितका मुलुकबाट २० जना विदेशी पाहुना आउन लागेका हुन् ।

महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार इन्द्रजात्रामा सहभागी हुन अमेरिकाको फेडरिसवर्ग सिटी र चीनको नान्जिन, छेन्दु र झान्झाउ नगरपालिका तथा सियान सिटीबाट उक्त संख्यामा पाहुना आउने भएका हुन् ।

महानगरपालिकाले १६ वटा अन्तर्राष्ट्रिय नगर र ९ वटा अन्र्तराष्ट्रिय संघ संस्थालाई निमन्त्रणा गरेपनि चीन र अमेरिकाका ५ वटा नगर र एउटा संघसंस्थाबाट गरी २० जना विदेशी पाउन आउने निश्चित भएको मानन्धरले बताए । संघस्थाहरुबाट भने सिटी नेटका पदाधिकारी आउने उनले बताए ।

यस्तै आन्तरिक भगिनी सम्बन्ध भएका सहरहरुबाट २२ जना पाहुना आउने निश्चित भएको उनले बताए ।

जात्राको गरिमालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले महानगरले २०७६ सालदेखि भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाबाट पाहुना बोलाउन थालेको थियो ।

पत्रकार सम्मेलन गर्दै प्रवक्ता मानन्धरले पाहुनालाई इन्द्रजात्रा अवलोकन हुने रुटमा पर्ने हनुमान ढोका केन्द्रित सम्पदा पदयात्रा, हाँडीगाउँ, स्वयम्भू र भक्तपुर दरबार क्षेत्रको समेत अवलोकन गराउने तयारी गरेको बताए ।

जात्राको सुरुको दिन दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै कान्तिपुरी नगरीको परिक्रमा गरिने छ ।

इन्द्रजात्राको दिन कुमारीको रथ यात्रा हुनुपुर्व गणेश, भैरव र कुमारीको दर्शन गर्न राष्ट्रपति आउने महानगरपालिकाले जानकारी दिएको छ ।

इन्द्रजात्राको मुख्य दिन ११ असोजमा बढी भीडभाड हुने भएकाले व्यवस्थापन समितिले विशेष सुरक्षा बढाएको महानगरले जनाएको छ ।

प्रवक्ता मानन्धरले झण्डै २ सय स्वयंसेवक परिचालन गरी जनपथ र सशस्त्र प्रहरी तथा महानगरको प्रहरीले विशेष सुरक्षा दिने बताए ।

महानगरले सार्वजनिक गरेको कार्यक्रम अनुसार ९ असोजमा बिहान १० बजेर ३७ मिनेट जाँदा लिंगो ठड्याउने, १० असोजमा जीवित देवदेवी कुमारी, गणेश र भैरवको पूजा गरी रथयात्रा गराउने साइत छ ।

त्यस्तै जात्राको अन्तिम दिन १५ असोजमा जात्रासँगै राति ८ बजेर ३७ मिनेटमा लिंगो ढाल्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?