+
+
एमाले प्रदेश अधिवेशन :

गण्डकीमा अध्यक्षका आकांक्षीलाई प्रतिनिधि बन्नै सकस

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ८ गते २२:१२
एमाले नेता मायानाथ अधिकारी

८ असोज, पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनका लागि तीन दिनदेखि प्रतिनिधि चयन प्रक्रिया चलिरहेको छ । आगामी १५ असोजदेखि सुरु हुने अधिवेशनका लागि शनिबारबाट प्रतिनिधि चयन सुरु भएको हो ।

पूर्वनिर्धारित तालिका बमोजिम भोलि, मंगलबारसम्म प्रतिनिधि चयन भइसक्नुपर्नेछ । तर सर्वसम्मत प्रतिनिधि चयन गर्ने नेताहरुको चाहनाले धेरैजसो पालिकामा गृहकार्य चलिरहेको छ ।

सर्वसम्मतिकै प्रयास गरिरहँदा अहिलेसम्म प्रतिनिधि चयन हुन नसक्नेमा प्रदेश अध्यक्षकै आकांक्षीहरु समेत छन् । प्रदेशको अध्यक्ष बन्ने लबिङमा रहेका केन्द्रीय सदस्य मायानाथ अधिकारीलाई अरु नेताले सर्वसम्मत प्रतिनिधि छोडेका छैनन् ।

लमजुङको दोर्दी गाउँपालिकाबाट अधिकारी अधिवेशन प्रतिनिधि बन्ने कसरतमा छन् । तर आकांक्षी संख्या धेरै भएकाले उनी प्रतिनिधि चयन हुन सकेका छैनन् ।

प्रदेश अध्यक्षकै अर्का आकांक्षी रामशरण बस्नेत पनि प्रतिनिधि चयन हुन सकिरहेका छैनन् । प्रदेशका पूर्वमन्त्री बस्नेत गोरखा नगरपालिकाबाट प्रतिनिधि चयन हुनुपर्नेछ । तर अरु आकांक्षीले नछोडेपछि बस्नेत सर्वसम्मत प्रतिनिधि चयन हुन सकिरहेका छैनन् ।

गत वर्षको स्थानीय चुनावमा पोखरा महानगरको मेयरमा उम्मेदवार बनेका कृष्ण थापा, युवा संघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष राजीव पहारी पनि प्रतिनिधि चयन हुन कसरतमै छन् । तर निर्विरोध चयन हुने प्रयास सफल हुन सकेको छैन ।

थापा र पहारी पोखरा महानगरबाट प्रतिनिधि बन्ने कसरतमा छन् । दुवै जना प्रदेश अध्यक्षका आकांक्षी हुन् । यही महानगरबाट प्रतिनिधि चयन हुनुपर्ने रश्मी आचार्य पनि प्रतिनिधि चयन हुन सकेका छैनन् ।

प्रदेश अध्यक्षकै आकांक्षीका रुपमा हेरिएका तिलक महत र सूर्य पाठक निर्विरोध हुन नसकेपछि प्रतिनिधि नै बनेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?