+
+

टोखाको एक पानी उद्योगलाई २ लाख रूपैयाँ जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते १३:२५

९ साउन, काठमाडौं । वाणिज्य विभागले टोखाको एक पानी उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

बजार अनुगमनका क्रममा उद्योगमा कैफियत देखिए पछि जरिवाना गरिएको विभागले जनाएको छ ।

नियमित बजार अनुगमनका क्रममा अनुगमन टोलीलले फ्याक्ट्रीमा कैफियत फेला पारेको विभागका प्रवक्ता पोखरेलले जानकारी दिए । तर, सो कैफियात के हो उनले खुलाएनन् ।

विभागले उक्त फर्मलाई सोमबार कारबाही गरेको हो । फर्मको कारबाही विवरणमा रिलेबलिङ वा गुणस्तर हेरेफेर गरेको, परिमाण र मूल्यमा ढाँटेको भनेको छ । यस्तै, विभागले ६ वटा पानी उद्योगसँग कागजात माग गरेको छ ।

सोमबार विभागको अनुगमन टोलीले ३४ वटा फरक–फरक क्षेत्रमा बजार अनुगमन गरेको थियो ।

नेपाल बोत्तल बन्द पिउने पानी उद्योग संघले भने कारोबार पारदर्शी नभएको भन्दै पानी उद्योगमाथि कारबाही गरेको जनाएको छ ।

संघका अध्यक्ष ध्रुव गौतमकाअनुसार कारोबार रकम एक करोड नाघेको तर प्यानमै कारोबार गरिरहेको पाइएपछि कारबाही गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?