
९ असोज, काठमाडौं । फुटपाथ व्यवसायीले अभियन्ता ईःको समर्थनमा राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरेका छन् ।
सयौंको संख्यामा भेला भएका फुटपाथ व्यवसायीले ईःको समर्थनमा मंगलबार प्रर्दशन गरेका हुन् ।
फुटपाथ व्यवसायी माथि महानगरपालिकाले क्रुरतापूर्ण व्यवहार गरेको, सडकका किनारामा व्यवसाय गर्ने साना व्यवसायीलाई लखेटेको लगायतको विरोधमा अभियन्ता ईः ८ दिनदेखि राष्ट्रिय सभागृह अगाडि उभिइरहेका छन् ।
प्रदर्शनमा सहभागी फुटपाथ व्यवसायीहरुले महानगरको विरोधमा नाराबाजी गरिरहेका छन् ।
‘गरिब मारा कामनपा, हामीलाई सास फेर्न पनि ठाउँ नदिएर के पाउँछौं ?’, गरिब होइन गरिबी हटाउ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन् गरेका हुन् ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4