+
+

सुुदूरपश्चिमको नीति तथा योजना आयोग उपाध्यक्षमा पूर्वसचिव उपाध्याय नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते १७:०१

९ असोज, धनगढी । सुुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष परिवर्तन गरेको छ ।

प्रदेश सरकारले तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारले नियुक्त गरेका मोहनदेव विष्टलाई हटाएर पूर्वसचिव अनुपकुमार उपाध्यायलाई नियुक्त गरेको हो ।

आयोगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री कमलबहादुर शाहले उपाध्यायलाई नियुक्त गर्दै मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । उपाध्याय नेपाल सरकारका सेवा निवृत्त सचिव हुन् ।

मुख्यमन्त्री शाहले तत्कालीन सरकारले नियुुक्त गरेका विष्टको पदावधी नसकिँदै उपाध्यायलाई नियुुक्त दिएका हुन् ।

विष्टले उपाध्यक्षको जिम्मेवारी हेरफेर गरिएको पत्र प्राप्त गरेको बताउँदै आफ्नो पदावधी भने नसकिएको बताए ।

उनले कार्यविधि अनुसार आफ्नो कार्यकाल अगामी २०८१ पुस १५ गते सकिने भए पनि सरकारले के कति कारणले जिम्मेवारी खोस्यो ? भन्ने थाहा नभएको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?