+
+

पहिलो सन्तानलाई जन्म दिंदै रेखा थापा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते १७:१३

काठमाडौं । अभिनेत्री रेखा थापाले पहिलो सन्तानलाई जन्म दिंदैछिन् । गत वर्ष प्रेमी बलराम शाहीसँग विवाह गरेकी उनी आमा बन्न लागेकी हुन् । आगामी फागुन-चैतलाई चिकित्सकले डेलिभरी डेट तोकेका छन् ।

रेखाले अनलाइनखबरसँग पहिलो सन्तानलाई स्वागत गर्नको लागेको जानकारी दिइन् । अहिले रेखाको गर्भमा चार महिनाको शिशु हुर्किरहेको छ ।

गर्भवती भए पनि रेखा अहिले होम प्रोडक्सन फिल्म ‘उपहार’को छायांकन धमाधम गरिरहेकी छन् । निर्देशक ज्ञानेन्द्र देउजाले गर्भवती रेखाको एक्सन दृश्यको छायांकन गरिरहेका छन् । सोही कारण रेखाले रातदिन नभनी फिल्म छायांकनमा समय दिइरहेकी छन् ।

चिकित्सकले फागुन–चैतलाई डेलिभरी डेट दिएको र वैशाखमा उनको नयाँ फिल्म ‘उपहार’ पनि रिलिज हुँदैछ ।  शिशुको जन्म र फिल्मको रिलिज सँगै हुने भएपछि रेखा खुसी छिन् । यसलाई उनले उपहारको रुपमा लिएकी छन् । ‘यत्तिको वर्षसम्म सबैले सोध्नुभयो, फाइनल्ली यो कुरा बताउन पाउँदा खुसी छु,’ उनले भनिन् ।

रेखाले सोमबार फेसबुकमा श्रीमानसँगको एक तस्वीर सेयर गर्दै ‘भविष्य पनि गज्जबको उपहार हो, जो आउँदा नआउँदै हामीलाई किस्ता किस्तामा पठाइदिन्छ,’ लेखेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?