+
+

सुन किन्‍ने बहानामा चोरी गरेको आरोपमा चार जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते १९:४५

९ असोज, काठमाडौं । सुन किन्‍ने बहानामा  विभिन्न सुन पसलमा गरगहना चोरी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-९ घर भई हाल काठमाडौंको ढुंगेधारा बस्‍ने ३३ वर्षीया रत्न महर्जन, तारकेश्वर-४ पुरानो गुहेश्वरीका २२ वर्षीय सुमन पुतुवार, नुवाकोटको बेलकोटगढी-७ घर भई हाल काठमाडौं महानगर-१६ नयाँ बजार बस्‍ने ३६ वर्षीय बिरेन्द्र विक र भारतको महाराष्ट्र घर भई हाल काठमाडौं महानगर-१६ माछापोखरी बस्‍ने ३७ वर्षीय हनुमन्त फाँडे रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।

उनीहरूले काठमाडौं उपत्यकाको ७ भन्दा बढी स्थानहरूमा स्कुटरको प्रयोग गरी सुन पसलमा गई गरगहना किन्‍ने बहाना बनाइ चोरी गरी फरार हुने गरेको घटना अनुसन्धानबाट खुलेको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?