+
+

सलमान खानको जासूस श्रृंखला ‘टाइगर ३’ को टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १० गते १२:२१

काठमाडौं । सलमान खान र कट्रिना कैफ स्टारर बलिउडको जासूस श्रृंखला ‘टाइगर ३’ को टिजर सार्वजनिक भएको छ । निर्माण कम्पनी यशराज फिल्म्सले टिजर रिलिज गर्दै प्रचार अभियान सुरु भएको घोषणा गरेको छ ।

फिल्मका दुई अघिल्ला श्रृंखला ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा हे’ बक्स अफिसमा हिट भएका थिए । यशराज चोपडाको जन्मदिन पारेर आगामी सेप्टेम्बर २७ मा फिल्मको प्रचार सामग्री दर्शकमाझ ल्याउने तयारी छ ।

बुधबार सार्वजनिक भएको टिजरलाई सलमान र कट्रिनाले ‘टाइगरका म्यासेज’ भएको बताएका छन् । सार्वजनिक टिजरमा सलमान खानलाई फिचर्ड गरिएको छ । भारतको लागि योगदान दिएको अविनाहसिंह राठौर (टाइगर)ले मुलुकबाट गद्दारीको आरोप खेपेपछि ‘क्यारेक्टर सर्टिफिकेट’ खोजेको कथावस्तु यसमा छ ।

पत्नी र छोरा लिएर विदेशमा बसिरहेको टाइगर पात्रको आगामी जीवनलाई टिजरमा प्रस्तुत गरिएको छ । प्रशस्त एक्सन दृश्यका कारण दर्शकलाई यो फिल्म प्रतीक्षित बन्न सक्छ । समग्रमा यो बदलाको कथामा बनेको फिल्म हो ।

सलमानले इन्स्टाग्राममा टिजर सेयर गर्दै लेखेका छन्, ‘जबसम्म टाइगरको मृत्यु हुँदैन, तबसम्म टाइगर पराजित हुँदैन ।’ मनिष शर्मा निर्देशित फिल्ममा इमरान हासमी पनि महत्वपूर्ण भूमिकामा छन् । यो फिल्मलाई यशराज फिल्म्सको जासूस ब्रह्माण्डकै एक सिक्वेलको रुपमा लिइएको छ ।

यो फिल्म आगामी तिहार छेकोमा नोभेम्बर १० (कात्तिक २४) मा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?