+
+

 गाँजा ओसारपसारमा एम्बुलेन्सको प्रयोग, चालक पक्राउ  

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १० गते १४:२६

१० असोज, विराटनगर । मोरङमा प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको एम्बुलेस र चालकलाई पक्राउ गरेको छ ।

म‌ंगलबार राति विराटनगर महानगरपालिका– १८ लाभाघाटबाट गाँजा बोकेको को १ च ४६१९ नम्बरको एम्बुलेन्स र चालक धरान उपमहानगरपालिका– ११ का ३८ वर्षीय गंगा सरकारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

उक्त एम्बुलेन्स नेपालकै अग्ला व्यक्ति राजन अधिकारीको नाममा धरानमा स्थापित फाउण्डेसनले सञ्चालन गर्दै आएको थियो ।

मंगलबार राति साढे १० बजे इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा एम्बुलेन्सको डिकीमा राखिएको २१.५ किलो गाँजा बरामद गरेको थियो ।

प्रहरीले सोही स्थानबाट भारतीय नम्बर प्लेट बीआर  ३८ एएफ ०३३६ नम्बरको  मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

दुबै सवारीसाधन र चालकलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?