+
+

दराजको ‘दराज क्यान्डी’ अनलाइन खेल सार्वजनिक  

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १० गते १९:५७

काठमाडौं । दराज एपका प्रयोगकर्ताहरुले अनलाइन किलमेलसँगै खेल पनि खेल्न पउने भएका छन् । दराज नेपालले आफ्नो ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्दै प्रयोगकर्ताहरुलाई एपमा थप संलग्न गराउने उदेश्यले मंगलबार ‘दराज क्यान्डी’ नामक अनलाइन खेल सार्वजनिक गरेको छ ।

दराज एपका प्रयोगकर्ताहरुले सजिलै यो खेल खेल्न सक्छन् । यो खेलमा प्रयोगकर्ताहरुले तीन वा त्यो भन्दा घेरै एकै रंगका क्यान्डीहरुलाई एकै ठाँउमा मिलाउनु पर्छ । यसरी मिलाए पछि मिलेका क्यान्डीहरु हराउँछन् र माथिका बाँकी क्यान्डीहरु खाली ठाँउमा झर्छन् ।

यो खेलबाट प्रयोगकर्ताले जेम प्राप्त गर्न सक्छन् जुन उनीहरुको खेलको आधारमा हरेक दिन उनीहरुलाई प्रदान गरिन्छ । दराज लोयल्टी कल्बका सदस्यहरुले यो जेम्को प्रयोग गरि दराजका सामानहरुमा विशेष छुट प्राप्त गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?