+
+

नेशनल लाइफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १० गते २०:०८

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताका लागि ३ दिने ‘चेयरपर्सन क्लब’ तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा आर्थिक वर्ष २०७९/८० मा तोकिएको लक्ष्य पूरा गर्न सफल ४५० जना भन्दा बढी अभिकर्तालाई चेयरपर्सन क्लबको सदस्यता वितरण भएको कम्पनीले जनाएको छ । साथै उनीहरुलाई सम्मान पनि गरिएको थियो ।

यस्तै देशभरबाट आफ्नो कोड र सञ्जालको व्यवसायमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्वितीय र तृतीय हुने अभिकर्ताहरु, समूहगत व्यवसायबाट प्रथम हुने र आफ्नो र सञ्जालमा अलग-अलग उत्कृष्ट हुने ७ जना लिडर अभिकर्तालाई सम्मान पत्र तथा नगद पुरस्कारबाट सम्मानित गरिएको कम्पनीले जनाएको छ ।

समारोहमा सात वटै प्रदेशबाट आफ्नो कोडको व्यवसाय र सञ्जालको व्यवसायबाट अलग-अलग प्रथम, द्वितीय, तृतीय हुने लिडर अभिकर्ताहरुलाई पनि सम्मानित गरिएको थियो ।

समारोहमा कम्पनीकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले नेपालको जीवन बीमा क्षेत्रमा कम्पनीले आफ्नो अलग्गै पहिचान बनाई एक प्रमुख जीवन बीमा कम्पनीको रुपमा आफूलाई स्थापित गरेको बताइन् ।

कम्पनीले आउने दिनहरुमा आफ्नो प्रतिष्पर्धात्मक धारलाई कायम राखी सबै सरोकारवालाहरुलाई उचित प्रतिफल उपलब्ध गराउन प्रयासरत रहेको उनले बताइन् ।

कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई उच्च प्राथमिकतामा राख्ने प्रतिवद्धता उनले जनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?