+
+

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ११ गते ९:३४

११ असोज, जनकपुरधाम । मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मधेश प्रदेश सरकारले आज (बिहीबार) सार्वजनिक बिदा दिएको हो ।

मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तमप्रसाद खरेलले बुधबार नै एक सूचना जारी गर्दै आजको लागि सार्वजनिक बिदाबारे जानकारी दिएका हुन् ।

‘…पैगम्बर मोहम्मदको जन्म दिन २०८० साल असोज ११ गते विहिवारका दिन परेकोले उक्त दिन मधेश प्रदेशमा सार्वजनिक बिदा दिने भनि माननीय मन्त्रीस्तरबाट मिति २०६०/०६/१० मा निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?