+
+

‘छड्के २’ अभिनेता इयन निर्देशित फिल्म ‘बासेन्जी’ असोज २६ मा आउने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ११ गते १४:०२

काठमाडौं । ‘छड्के २’ का अभिनेता तथा ‘आँपको अचार’ फिल्मका निर्देशक इयन स्कट क्लेमेन्ट निर्देशित ‘बासेन्जी’ आगामी असोज २६ गते रिलिज हुने भएको छ । निर्माताले बिहीबार विज्ञप्ति जारी गर्दै फिल्म प्रदर्शनको घोषणा गरेका हुन् ।

नेपाली फिल्ममा पहिलोपटक भिडियो गेम कथ्यशैलीमा बनेको जनाइएको फिल्ममा मिथिला शर्मा, सरिता गिरी, असीम निरौला, सुप्रिम राईको शीर्ष भूमिका छ । ट्रेलरले कुनै रहस्यमय घटनाको वरपर फिल्म घुमेको अनुमान लगाउन सकिन्छ ।

फिल्मलाई मुख्य पात्र ‘प्रवेश’ पात्रको आँखाबाट र उसैलाई केन्द्रीय पात्र बनाएर प्रस्तुत गरिएको उल्लेख छ ।

पश्चिम नेपालबाट काठमाडौं आइपुगेको प्रवेश कृषि विषयमा खोज पत्रकारिता गर्छ । एक दिन उसले आकाश पात्रलाई भेट्छ, जसले आफ्नो मनमा उठेका आँधीलाई शान्त पार्न काठमाडौं नजिकको गाउँमा जान सल्लाह दिन्छ । अनि सुरू हुन्छ डरलाग्दो घटनाको सिलसिला । निर्देशकले प्रवेश पात्रको आँखाबाट कथा भन्ने प्रयत्न गरेका छन् ।

यो फिल्मलाई गौरीशंकर इन्टरटेनमेन्टले निर्माण गरेको हो । फिल्ममा प्रवेशको भूमिकामा असीम निरौला छन् भने आकाशको भूमिकामा सुप्रिम राई छन् ।

निर्देशक क्लेमेन्टले नेपाली फिल्ममा पहिलोपटक यस्तो प्रयोग गरिएको बताए । भन्छन्, ‘हामीले प्रथम पुरुषको दृष्टिकोणका लागि टाउकोमा क्यामरा राख्ने विशेष उपकरण तयार पारेका थियौं, जसले पात्रको परिप्रेक्ष्यबाट उसको संसार देखाइन सकियोस् । त्यसैगरी तृतीय पुरुषको दृष्टिकोण देखाउन गिम्बल प्रयोग गरेका छौं, जसले पात्रलाई नजिकैबाट नियालेर वा उसको हाउभाउ नियालेर हेर्न सकियोस् । मलाई पूरा विश्वास छ, हामीले नेपाली दर्शकलाई केही नयाँ पस्किन पूर्ण सफल भएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?