+
+

जनकपुरमा डाक्टर र स्वास्थ्यकर्मीको विरोध प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १२ गते १८:२४

१२ असोज, जनकपुरधाम । डाक्टर कुटेको विरोधमा जनकपुरधामका चिकित्सक तथा स्वास्थ्यकर्मीले विरोध प्रदर्शन गरेका छन् ।

मणिपाल पोखरा, गुल्मी, चितवनलगायत नेपालको विभिन्न ठाउँहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको दोषीको कारबाही गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

नेपाल चिकित्सक संघ जनकपुर अञ्चल शाखाको नेतृत्वमा चिकित्क तथा स्वास्थ्यकर्मीले प्रदर्शन गर्दै कुटपिट घटनामा संलग्नहरुमाथि कडा कारबाहीको माग गरेका छन् ।

प्रादेशिक अस्पताल जनकपुरबाट निस्केको र्‍याली नगरको विभिन्न भागमा प्रदर्शन गर्दै जनकपुर रेल्वे स्टेशनमा कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै चिकित्सकसंघ जनकपुरका अध्यक्ष डा. रामजी यादवले पछिल्लो समय चिकित्सकहरुमाथि भएको आक्रमणले आफूहरु असुरक्षित महसुस गरिरहेको बताउँदै शान्तिसुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरे ।

उनले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरुलाई कडा कारबाहीको माग गर्दै नभए कडा आन्दोलन गर्ने चेतनावी समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?