+
+

औषधिसम्बन्धी गैरसरकारी विधेयक संसदमा दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १२ गते १८:३९

१२ असोज, काठमाडौं । औषधि तथा स्वास्थ्य सामग्री (नियमन तथा नियन्त्रण) विधेयक, २०८० प्रतिनिधि सभामा दर्ता भएको छ । संसद सचिवालयका अनुसार यो प्रतिनिधि सभाको चालू कार्यकालको पहिलो गैरसरकारी विधेयक हो ।

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विद्यमान औषधि ऐन २०३५ ले स्वास्थ्य उपचारको क्रममा प्रयोग हुने सम्पुर्ण स्वास्थ्य प्रविधिजन्य सामाग्री एवंम सौन्दर्य प्रसाधनलाई समेट्न नसकेको भन्दै नयाँ विधेयक ल्याएका हुन् ।

‘नेपालको संविधानले प्रदान गरेको स्वास्थ्य सम्बन्धी मौलिक हक र उपभोक्तको हकको संरक्षण एवंम सुनिश्चित गर्नुपर्नेछ’ विधेयक ल्याउनुपर्नाको कारणबारे सांसद पौडेलले विधेयकमै लेखेका छन् । संविधानको धारा ३५ ले स्वास्थ्य उपचारलाई मौलिक हक अन्तर्गत राखेको छ ।

प्रस्तावित विधेयकमा औषधि उत्पादन, प्रशोधन, विक्री वितरण र पैठारीको विषय समावेश छन् । औषधिको मुल्य तोक्ने लगायतका विषय पनि राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?