+
+

‘मसान’सँगै सकियो पाँचौ पोखरा विद्यालय नाटक महोत्सव

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १२ गते १९:४३

१२ असोज, पोखरा । नाटककार गोपालप्रसाद रिमालले लेखेको बहुचर्चित नाटक ‘मसान’ मञ्चनसँगै पाँचौं पोखरा महानगर विद्यालयस्तरीय नाटक महोत्सव सकिएको छ ।

भदौ २७ गते सुरु भएको महोत्सवमा १५ वटा नाटक मञ्चन भएका थिए ।

महोत्सव अवधिभर ६ हजार जनाभन्दा बढी दर्शकले नाटक हेरेको संयोजक परिवर्तनले जानकारी दिए । पोखराका १४ र काठमाडौंको एउटा गरी मञ्चन भएका १५ वटा नाटकमा ४ सय जनाभन्दा बढी विद्यार्थीले अभिनय गरेका थिए ।

महोत्सवमा विभिन्न स्कुलका विद्यार्थीले शिलान्यास, भूत, भोला, कोही किन बर्बाद होस्, अँध्यारामा बाँच्नेहरू, खेल्नेबेला खेल्छौं, पढ्नेबेला पढ्छौं, कीर्तिपुरको युद्धमा, मुना मदन, पाठशाला, आँधीको मनोरम नृत्य, हिउँजस्ती गोरी, कर्मको फल, यती, बिर्सन नसकिने मान्छे र मसान नाटकमा अभिनय गरेका थिए ।

‘पोखरेली रंगमञ्चमा नयाँ पुस्ता खोज्न र सानासाना भाइबैनीलाई थियटरमै आएर प्रत्यक्ष रुपमा संलग्न भएर नाटक देखाउन महोत्सव आयोजना गर्दै आएका छौं,’ संयोजक परिवर्तनले भने, ‘थियटरमा नाटक गर्न पाउँदा साना विद्यार्थीहरु पनि खुसी भएका छन् ।’

थिएटरले २०७६ मा पहिलो पटक पोखरा महानगरस्तरीय विद्यालय नाटक महोत्सव गरेको थियो । त्यसपछि गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव आयोजना ग¥यो । लगातार ३ वर्षसम्म प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव आयोजना गरेको थिएटरले यो पटक पोखरा विद्यालय नाटक महोत्सव आयोजना गरेको हो ।

महोत्सवमा मञ्चन भएका हरेक नाटकलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाए । महोत्सवको छेको पारेर ‘नाटकलाई विद्यालयहरुले कसरी प्रयोग गर्ने’ शीर्षकमा अन्तरक्रियासमेत गरेकोे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?