+
+

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १२ गते २१:०८

१२ असोज, दाङ । सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सल्यानको छत्रेश्वरी गाउँपालिका ५ तिर्पोलेको भित्री कच्ची सडकखण्डमा शुक्रबार भएको जीप दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा शारदा नगरपालिका – १५ बरलाकी ४५ वर्षीया मुना सेजवाल र शारदा नगरपालिका – १२ तिमिलेकी ७६ वर्षीया ध्रुवी बोहरा रहेका प्रहरीले जनाएको छ ।

घटनास्थलबाट उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल सल्यान पुर्‍याएका दुई जनाको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले बताए ।

दुर्घटनमा अन्य १७ जना घाइते भएका छन् । उनीहरुको मध्ये केहीको जिल्ला अस्पताल र स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । दुई जनालाई भने जिल्ला बाहिर रिफर गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

शारदा नगरपालिका १२ कागखोलातर्फ जाँदै गरेको लु १ ज १८६१ नम्बरको जीप शुक्रवार बेलुकी पौने पाँच बजे सडकदेखि करिब ६० मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?