+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १२ गते २१:०८

१२ असोज, दाङ । सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सल्यानको छत्रेश्वरी गाउँपालिका ५ तिर्पोलेको भित्री कच्ची सडकखण्डमा शुक्रबार भएको जीप दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा शारदा नगरपालिका – १५ बरलाकी ४५ वर्षीया मुना सेजवाल र शारदा नगरपालिका – १२ तिमिलेकी ७६ वर्षीया ध्रुवी बोहरा रहेका प्रहरीले जनाएको छ ।

घटनास्थलबाट उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल सल्यान पुर्‍याएका दुई जनाको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले बताए ।

दुर्घटनमा अन्य १७ जना घाइते भएका छन् । उनीहरुको मध्ये केहीको जिल्ला अस्पताल र स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । दुई जनालाई भने जिल्ला बाहिर रिफर गरिएको प्रवक्ता श्रेष्ठले बताए ।

शारदा नगरपालिका १२ कागखोलातर्फ जाँदै गरेको लु १ ज १८६१ नम्बरको जीप शुक्रवार बेलुकी पौने पाँच बजे सडकदेखि करिब ६० मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?