+
+
Shares

जाजरकोटमा बाढीले चार घर र एउटा झोलुङ्‍गे पुल बगायो

जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एक झोलुङ्‍गे पुल बगाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते ७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जाजरकोटको नलगाड नगरपालिका–११ स्थित ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एउटा झोलुङ्गे पुल बगाएको छ ।
  • अविरल वर्षाका कारण आएको बाढीले भेरी करिडोर सडक खण्डलाई समेत जोखिममा पारेको छ ।
  • निरन्तरको वर्षाले खोलाको बहाव थप बढ्न सक्ने र आसपासका क्षेत्रमा जोखिम बढ्ने स्थानीयहरूले बताएका छन् ।

२९ साउन, काठमाडौं ।  जाजरकोटमा बाढीले चार वटा घर र एउटा झोलुङ्‍गे पुल बगाएको छ ।

जाजरकोटको नलगाड नगरपालिका–११ चौखामा ताक्सुगाड खोलामा आएको बाढीले चार वटा घर र एक झोलुङ्‍गे पुल बगाएको प्रहरीले जनाएको छ ।

बाढीबाट मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ ।

अविरल वर्षापछि आएको बाढीले उक्त क्षति पुर्‍याएको हो ।

ठूलो बाढीका कारण भेरी करिडाेर सडक खण्ड समेत जाेखिममा परेकाे छ ।

वर्षा अझै निरन्तर भइरहेकाले खोलाको बहाव थप बढ्न सक्ने र आसपासका क्षेत्रमा समेत जोखिम बढ्न सक्ने स्थानीयहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?