+
+

एनएसएल अक्सन : लकेन, सनिश, दिनेश र सीमान्त सर्वाधिक मूल्यमा बिक्री

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १३ गते १४:३४

१३ असोज, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा समूह ए मा रहेका ४ खेलाडी सर्वाधिक मूल्यमा बिक्री भएका छन् ।

नेपाली राष्ट्रिय टिमका फर्वाड लकेन लिम्बु सबै नौ वटै टिमको रोजाइमा परे । र झापा एफसीमा क्याटगोरी ए को सर्वाधिक मूल्य ३ लाख ५० हजार रुपैयाँमा अनुबन्ध भए ।

त्यस्तै एपीएफ क्लबका फर्वाड सनिश श्रेष्ठ राष्ट्रिय टिमका डिफेन्डर पनि ८ वटा टिमको रोजाइमा परे र गोलाप्रथाबाट ललितपुर एफसीमा अनुबन्ध भए ।

सनिशलाई धनगढी एफसी बाहेक सबैले अनुबन्ध गराउन चाहेका थिए । त्यस्तै दिनेश हेम्जन ६ टिमको रोजाइमा परे र गोला प्रथाबाट ३ लाख ५० हजार रुपैयाँमा ललितपुर एफसीमा आवद्ध भए ।

राष्ट्रिय टिमका डिफेन्डर सिमान्त थापा ५ टिमको रोजाइमा परे र उच्चतम मूल्य ३ लाख ५० हजार रुपैयाँमा वीरगन्ज एफसीमा अनुबन्ध भए ।

नेपाल सुपर लिगको यो दोस्रो संस्करणमा झापा एफसी स्पोर्टिङ इलाम डी मेची र वीरगन्ज नयाँ टिमको रुपमा आएका छन् । अक्सनमा जम्मा १७९ खेलाडीलाई टिमहरुले विभिन्न मूल्यमा अनुबन्ध गरेको थियो ।

एनएसएलको दोस्रो संस्करण नोभेम्बर २४ देखि डिसेम्बर ३० (मंसिर ८ देखि पुस १४ गते) सम्म  हुने आयोजकले जनाएको छ ।

एनएसएलमा साविक विजेता काठमाडौं रेजर्स, साविक उपविजेता धनगढी एफसी, ललितपुर सिटी एफसी, पोखरा थण्डर्स, एफसी चितवन, बुटवल लुम्बिनी एफसी, झापा एफसी, स्पोर्टिङ इलाम डे मेसी र वीरगञ्ज युनाइटेड गरी ९ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?