+
+

प्रधानमन्त्री प्रचण्डले बोलाए ७ दलको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १४ गते १०:४३
फाइल तस्वीर ।

१४ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात दलको बैठक बोलाएका छन् । चीनबाट फर्किएलगत्तै नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुसँग आइतबार बिहान बालुवाटारमा छलफल गरेका प्रधानमन्त्री प्रचण्डले आजै सात दलका नेताहरुको बैठक बोलाएका हुन् ।

सात दलको बैठक बिहान ११ बजे बोलाइएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले न्युयोर्क र चीन भ्रमणका साथै आज दिउँसो एक बजे बोलाइएको संसद बैठकबारे नेताहरुसँग छलफल थालेका छन् । त्यसका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, सचेतक महेश बर्तौला बालुवाटार पुगेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक पेश गर्ने सम्भावित कार्यसूची छ । तर नेकपा एमालेले सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठन नगरिएको भन्दै संसद सन्चालनमा सरकारलाई ‘असहयोग’ गर्ने चेतावनी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?