+
+

एमाले कोशी अधिवेशनमा रातभर मतदान, आज मतगणना

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १५ गते ७:०२

१५ असोज, विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनमा नयाँ नेतृत्व छनोटका लागि रातभरि मतदान भएको छ । मतगणना आज दिउँसोदेखि सुरु गर्ने तयारी छ ।

निर्वाचन अधिकृतको कार्यालयले आइतबार राति साढे १० बजेदेखि मतदान सुरु गरेको थियो । आज बिहान साढे ५ बजे मतदान सकिएको मतदान केन्द्र व्यवस्थापन स्वयंसेवक प्रमुख रोहित कोइरालाले बताए ।

आइतबार दिउँसो १ बजेबाट सुरु गर्ने भनेको मतदानको समय तयारी नपुगेको भन्दै पटक–पटक समय सारेर आइतबार राति साढे १० बजेबाट मात्र सुरु गरिएको थियो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार ९७७ जनाले मतदान गरेका छन् । एमालेको कोशी प्रदेश अधिवेशनमा ९९७ जना प्रतिनिधि आएका थिए । २० जनाले मतदान गरेनन् ।

मतगणना आज दिउँसो १ बजेबाट सुरु गर्ने निर्वाचन अधिकृतको कार्यालयको तयारी छ ।

अधिवेशनले २१५ सदस्यीय कमिटी चयन गर्नेछ । उपाध्यक्षमा टीकाराम चेम्जोङसहित ४९ सदस्य भने निर्विरोध भएका छन् । अध्यक्षसहित १६६ जना छनोटका लागि निर्वाचन भएको हो ।

प्रदेश अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडा चुनावी मैदानमा छन् । सचिवमा शैलेश लामा र राजकुमार भण्डारी उम्मेदवार छन् । उपसचिवमा खेम नेपाली, देवान राई र जलवर्षा राजवंशी उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?