+
+

जापानमा सेपरेसन म्यारिजको अनौठो ट्रेण्ड : बिहे गर्ने, एक्लाएक्लै बस्ने

एजेन्सी एजेन्सी
२०८० असोज १५ गते १०:५०

पछिल्ला दिनमा सेपरेसन म्यारिज अर्थात बिहे गरेर दम्पतीहरु एक अर्काबाट अलगै बस्ने ट्रेण्ड जापानमा लोकप्रिय बन्दै गएको छ । यसलाई विकेण्ड म्यारिज अर्थात् सप्ताहन्त बिहे पनि भनिन्छ । यसमा मानिसहरु एकातर्फ एक अर्काको प्रेम तथा सहयोगको आनन्द लिन्छन् भने अर्कोतर्फ आफ्नो जीवनसाथीको चिन्ता नगरीकन एक्लो जीवन जिइरहेका हुन्छन् ।

वास्तवमा सेपरेसन बिहेमा दम्पतीहरु विवाहित हुनु र सिंगल लाइफ जिउनु दुबैको मज्जा लुटिरहेका हुन्छन् । यद्यपि यसमा सो सम्बन्ध आपसी प्रेम र सम्मानमा आधारित हुन्छ ।

प्रेम र सम्मान हुन्छ तर हस्तक्षेप हुँदैन

एक समाचार च्यानलले हालै सेपरेसन म्यारिजमा रहेका एक जापानी जोडीका विषयमा सामग्री प्रशारण गरेको थियो । व्यायाम प्रशिक्षक तथा जिमखाना सञ्चालकसमेत रहेकी हिरोमी टाकेडा आफूलाई एक सशक्त तथा स्वतन्त्र महिला बताउँछिन् ।

उनका पति हिदेकाजू एक व्यवसायिक सल्लाहकार हुन् जसले आफ्नो अधिकांस समय कम्प्युटरमा इमेलको जवाफ दिएर तथा रिपोर्ट लेखेर बिताउँछन् । यी दुईको जीवनशैली निकै फरक छ । तर उनीहरु एकअर्कालाई प्रेम तथा सम्मान गर्दछन् । त्यसैले उनीहरु एक अर्काको जीवनमा हस्तक्षेप गर्न चाहँदैनन् । त्यसैले उनीहरु अलग अलग बस्ने निर्णय गरेका छन् ।

पहिलो बिहेबाट सिकेको सबक

हिदेकाजू भन्छन्, ‘म सायद कहिल्यै आफ्नी पत्नीको घरमा रात बिताउँछु । मेरो जीवनमा आफ्नो करिअरले ठूलो महत्व राख्दछ । आफ्नो अघिल्लो बिहेका क्रममा म आफ्नो काममा यतिधेरै व्यस्त थिएँ कि कहिलेकाहीँ त म कैयन् दिनसम्म घर नै जाँदैनथेँ । त्यसो गर्दा मेरी पूर्वपत्नी निकै दुखी भइन् होला भन्ने मलाई लाग्छ । त्यसैले आफ्नो अघिल्लो बिहेबाट मैले सिकेको सबैभन्दा ठूलो सबक भनेकै महिलाहरु आर्थिक रुपमा स्वतन्त्र हुनु आवश्यक छ भन्ने हो ।’

त्यस्तै पत्नी हिरोमी टाकेडा भन्छिन्, ‘यदि मेरा पति घरमा छन् भने मैले केही काम गर्नका लागि स्वतन्त्र महसुस गर्न पाउँदिन जसबाट म तनावग्रस्त हुन्छ । त्यसैले यस प्रकारको बिहेका कारण म त्यस्तो तनाबभन्दा टाढा छु ।’

हिरोमी र हिदेकाजूको एउटा बच्चा पनि छ जो आमासँगै बस्दछ । उनीहरु हप्तामा केवल दुई वा तीनपटक भेट्छन् ।

खासगरी जब हिरोमीलाई बच्चाको हेरचाहमा मद्धतको खाँचो पर्दछ । यो जीवनशैलीले उनीहरु दुवैलाई फाइदा पुगेको छ । तर कतिपय छिमेकीले भने उनीहरुको डिभोर्स भैसकेको होला भन्ने सोँच्दछन् । बिहे गरेपछि सँगै बस्नु आवश्यक हुन्छ भन्ने मानिसहरुको धारणा छ ।

तर हिरोमी टाकेडालाई भने वैवाहिक सम्बन्धमा रहँदा सँगै बस्नु आवश्यक हुँदैन भन्ने लाग्छ । आफु र आफ्ना पति दुवैजना आफूहरूको जीवनबाट सन्तुष्ट रहेको बताउँदै उनी भन्छिन्, ‘हामीले यस्तो खालको बिहे गर्ने निर्णय गर्यो ताकि हामीले सुरक्षित महसुस गर्न सकौं । किनकि यसो गर्दा हामीसँग भावनात्मक रुपबाट हामीलाई समर्थन गर्ने कोही हुन्छ अनि व्यक्तिगत जीवनशैली कायम राख्न पनि सकिन्छ ।’

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?