+
+

होटल तथा रिसोर्टको मापदण्ड संशोधन गर्न हानको माग

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १५ गते १७:१७

१५ असोज, काठमाडौं । होटल संघ नेपाल (हान)ले होटल तथा रिसोर्टको मापदण्ड तथा वर्गीकरणमा संशोधन गर्न माग गरेको छ ।

हानका अध्यक्ष विनायक शाहको नेृतृत्वमा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको प्रतिनिधिमण्डलले अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र पर्यटन विभागका महानिर्देशक चक्रबहादुर बुढासँग भेट गर्दै यस्तो माग गरेको हो ।

अध्यागमन विभागका महानिर्देशकसँगको भेटमा कोभिड पछि पर्यटन आगमन बढेको सन्दर्भमा पर्यटकहरुको नेपाल भ्रमण प्रतिको आकर्षण बढाउन र सीमा नाकालगायत विमानस्थल अध्यागमनमा गरिनुपर्ने सुधार, सेवा प्रवाह, तालिमलगायतका विषयहरुमा गहन छलफल भएको हानले जनाएको छ ।

पर्यटन विभागका महानिर्देशक चक्रबहादुर बुढासँगको भेटमा मुलुकमा आतिथ्यता क्षेत्रमा बढ्दो लगानीलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरुको नेपाल बसाइ सुखद्, विश्वसनीय र सुरक्षित बनाउन संघबाट जिल्लामा अवस्थित होटल तथा रिसोर्टहरुका लागि तयार गरिएका न्यूनतम मापदण्डका साथै तारे होटलहरुको स्तर वर्गीकरण मापदण्ड-२०७७ मा संशोधनको माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?