 
																			६ माघ, काठमाडौं । सरकारले होटल तथा पर्यापर्यटन रिसोर्टलाई उद्योगको मान्यता दिएको भन्दै होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) ले सरकारी कदमको स्वागत गरेको छ ।
सरकारले हालै जारी गरेको ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ ले ‘तारे स्तरको होटल तथा पर्यापर्यटन रिसोर्ट’ लाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा सूचीकृत गरेपछि हानले यो कदको स्वागत गरेको हो ।
दशकौंदेखि होटललाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता दिलाउन हानले गरेको अथक प्रयास र पहल सम्बोधन भएको जनाएको छ ।
अध्यादेशले संशोधन गरेको ऐन बमोजिम तयार हुने निमावली र कार्यविधिमा तारे होटल बाहेकका अन्य होटललाई पनि सोही अनुसार सेवा सुविधाको व्यवस्था गर्न हानले माग गरेको छ ।
यसैगरी हानको ४९औं वार्षिक साधारणसभाले विधान संशोधन गरी ७ प्रदेश र ७७ जिल्लामा संघको सक्रिय उपस्थिति सहित सेवा प्रवाहको प्रभावकारिताका लागि संघीय संरचनामा लैजाने प्रस्ताव पनि पारित गरेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpeg) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4