+
+

१४ म्यानपावरलाई वैदेशिक रोजगार विभागले गर्‍यो निलम्बन

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १५ गते १७:३६

१५ असोज, काठमाडौं । वैदेशिक रोजगारीका लागि आवश्यक भाषा तथा संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्रका आधारमा नेपाली कामदारलाई जापान पठाएको अभियोगमा १४ वटा म्यानपावर कम्पनी निलम्बनमा परेका छन् ।

वैदेशिक रोजगार विभागका प्रवक्ता कविराज उप्रेतीका अनुसार उनीहरुलाई उजुरीका आधारमा अनुसन्धान जारी भइरहेको छ ।

सो अनुसार संलग्नता देखिएको आधारमा यी संस्थालाई निलम्बन गरी अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिएका छन् ।

यस कार्यमा अन्य संस्था समेत संलग्न रहेको सम्बन्धमा भने अनुसन्धान जारी रहेको समेत विभागले जनाएको छ ।

जापानी भाषा तथा संस्कृतिको तालिममा यस्तो प्रमाणपत्र पेश भएको विभागको भनाइ छ ।

हेर्नुहोस् विभागको विज्ञप्तिः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?