+
+

अनमोल केसीले फिल्म ‘रावायण’का निर्मातालाई प्रहरीमार्फत फिर्ता गरे १० लाख

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १५ गते १८:११
फाइल तस्वीर

काठमाडौं । अभिनेता अनमोल केसीले फिल्म ‘रावायण’का निर्मातालाई आफूले लिएको १० लाख रुपैयाँ *प्रहरीमार्फत फिर्ता गरेका छन् । आर्थिक लेनदेन विवादको मुद्दामा पक्राउ परेर आइतबार रिहा भएका अभिनेता केसी उक्त रकम बैंकमा डिपोजिट गरेपछि भौचर बुझाउन सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौंमा पुगेका थिए ।

नबिल बैंकमा आफ्नो नाममा रहेको खाताको चेक निर्मात्री कटुवालको नाममा काटेर केसीले प्रहरीमा बुझाएको जिल्ला प्रहरी परिसर स्रोतले जनाएको छ ।

फिल्म ‘रावायण’को विवादमा निर्मात्री कटुवालले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् । केसीले १० लाख रुपैयाँ पेश्की रकम लिएर पनि फिल्ममा काम गर्न नमानी आर्थिक विश्वासघात गरेको जाहेरीमा उल्लेख थियो ।

प्रहरीले केसीलाई शुक्रबार बेलुका भक्तपुरको साँगाबाट पक्राउ गरेको थियो । आइतबार केसीलाई काठमाडौं जिल्ला अदालतले हिरासतमा राख्न तीन दिनको अनुमति दिए पनि अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको थियो ।

प्रहरीले गरेको सोधपुछमा अनमोलले आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ फिल्मका निर्माताले लिन अस्वीकार गरेको बताएका थिए । साथै, स्क्रिप्ट चित्त नबुझेर प्रोजेक्ट अस्वीकार गरेको बताएका थिए ।

यसैबीच निर्मात्री सुप्रिया कटुवालले आफूहरुले अभिनेता अनमोल केसीविरुद्ध किन कानूनी प्रक्रिया अघि बढाउनुपर्‍यो भन्ने बारेमा सामाजिक संजालबाट जानकारी गराएकी छन् । फिल्म रावायणको तयारीबारेका तस्वीर सेयर गर्दै उनले अनमोलसँग तीन महिना अघि नै मौखिक र व्यवहारिक सहमति भएको जनाउँदै फिल्म संघसंस्थाको भूमिकामाथि पनि प्रश्न गरेकी छन् । ‘यो त एउटा प्रतिनिधि घटना मात्र भयो यस्ता घटनाले धेरै निर्माता विदेश पलायन भएका छन कति घरबार बिहिन छन्’ उनी लेख्छिन् ।

सुप्रियाले अनमोलसँग ह्वाट्स एपमा भएको संवादका स्क्रिनसट् पनि सेयर गरेकी छन् । जुन संवादमा अनमोल र निर्माताबीच लगातारजसो कुराकानी भएको देख्न सकिन्छ ।

*यसअघि प्रकाशित समाचारमा प्रहरीमा बुझाएको हुनुपर्नेमा अन्यथा भएकाले सच्चाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?