+
+

‘हात्तीछाप’को पोस्टरमा सौगात, दयाहाङ र उपासनाको ग्रामिण लुक्स

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १५ गते २०:५४

काठमाडौं । माघ २६ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘हात्तीछाप’ले दुई नयाँ पोस्टर सार्वजनिक गरेको छ । फिल्मका शीर्ष कलाकारलाई समेटिएका यी दुई पोस्टरमा ग्रामिण आञ्चलिकता प्रस्तुत गरिएको छ । पात्रलाई स्थानीय भेषभुषा र मनोविज्ञानमा चित्रण गरिएको छ ।

पहिलो पोस्टरमा सौगात मल्ल, उपासनासिंह ठकुरी र दयाहाङ राईलाई प्रस्तुत गरिएको छ । अर्को पोस्टरमा यी तीन पात्रसहित बेनिशा हमाल, बुद्धि तामाङ, विल्सनविक्रम राई, विजय बराललाई चित्रण गरिएको छ ।

सिमोस सुनुवार निर्देशित फिल्मलाई पुष्कर गुरुङ र अमलादेवी राईले निर्माण गरेका हुन् । किरण नेपाली प्रस्तुतकर्ता हुन् । सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन् ।

रेडबर्ड फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको फिल्म दर्शकमाझ प्रतीक्षित छ । सौगात, दयाहाङ र उपासनाले यसअघि किरण नेपालीको फिल्म ‘२ नम्बरी’मा सहकार्य गरेका थिए जुन सुपरहिट भएको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?