+
+

राप्रपामा कोशी सरकारबारे निर्णय गर्ने अधिकार लिङ्देनलाई

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १५ गते २१:१८

१५ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोशी प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ ।

सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले कोशी सरकारबारे उपयुक्त समयमा पार्टीका पदाधिकारीहरुसँग परामर्श गरी अध्यक्षले टुंग्याउने निर्णय गरेको हो ।

कोशीमा एमाले नेतृत्वको अल्पमतको सरकार छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई समर्थन गर्ने बताएको राप्रपा सरकारमा भने गएको छैन । २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ ।

यदि उनले विश्वासको मत पाएनन् भने संविधानको धारा १६८ (५) अनुसार बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यको नेतृत्वमा सरकार बनाउने बाटो खुल्ने छ ।

राप्रपाले मंसिर ९, १० र ११ मा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ भने महामन्त्री डा. धवलशम्शेर जबराले पेश गरेको आन्दोलनको कार्ययोजनालाई अन्तिम रुप दन कार्यदल बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?