+
+

स्वस्तिमाले सुनाइन् पतिको मातहतमा रहेर फिल्म खेल्दाको अनुभव

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १६ गते १२:११

काठमाडौं । सहकार्यको हिसाबले निश्चल र स्वस्तिमाको लागि ‘दिमाग खराब’ पहिलो फिल्म हो । विवाहको सात वर्षपछि यो रियल जोडीलाई एउटै प्रोजेक्टमा काम गर्ने मेसो मिलेको छ । निश्चल निर्देशक हुन् भने स्वस्तिमा अभिनेत्री ।

सोमबार आयोजित फिल्मको प्रेसमिटमा स्वस्तिमाले निश्चल आफ्ना मनपर्ने निर्देशक भएको बताइन् । ‘हाम्रो विवाह भएको सात वर्ष भइसक्यो, जहिले पनि प्रश्न आउँथ्यो– निश्चलको फिल्म कहिले गर्ने ? निश्चलको फिल्म कहिले गर्ने ? निश्चलले लिंदैन कि तिमीले नगर्ने भनेर प्रश्न गरिरहनुहन्थ्यो । अब त्यो प्रश्नको उत्तर दिनुपर्दैन होला,’ उनले भनिन्, ‘निश्चलले पनि, तँ मेरो फिल्म नगर्ने हो भनेर सोधिरहन्थे । त्यसको लागि पनि यो दिमाग खराब भन्ने फिल्म एकदमै स्पेसल छ ।’

श्रीमानको मातहतमा रहेर काम गर्दा भिन्न अनुभव भएको स्वस्तिमाले बताइन् । ‘निर्देशकको रुपमा उनी मेरा लागि मनपर्ने निर्देशक हुन् । हजबेन्डको अन्डरमा काम गर्दा एकदमै भिन्न अनुभव हुने । त्यो फिल्म गर्दा एकदमै इन्जोय गरें । एक हिसाबले अलिकति भिन्न हुने रहेछ । सानोतिनो म्युजिक भिडियोमा त काम गरिरहेको थिएँ तर फिल्ममा काम गर्दा चाहिं हजबेन्डको अन्डरमा छु भन्याजस्तो, केही न केही सुरुमा फिल भएको थियो ।’

उनले आफ्ना लागि यो फिल्म ‘स्पेसल’ भएको समेत बताइन् । ‘पात्रको रुपमा पनि यहाँहरुले मन पराउनुहुन्छ होला, जुन हिसाबले उहाँले पोएट्रे गराइदिनुभएको छ फिल्ममा निश्चल बस्नेतले । यसका लागि साँच्चिकै स्पेसल छ यो फिल्म ।’

श्रीमानको फिल्म भएको भन्दैमा आफूले काम गराइमा हस्तक्षेप नगरेको स्वस्तिमाको भनाइ थियो । ‘कहिलेकाहीं कतिपय कुरामा भिन्नता भइहाल्छ । काम गर्दा मेरो श्रीमानको अन्डरमा काम गर्दा मेरो कुरा हुनुपर्छ भन्ने हुँदैन । निर्देशकको रुपमा उहाँले भनेको मान्नुपर्ने हुन्छ । केही भिन्नता त हुन्छ । तर उहाँ रिसाउने, गाली गर्ने भन्ने अहिलेसम्म सेटमा देखिनँ । मैले गाली गर्दा पनि कुनामा लगेर तिमीले यसरी कराउने र गाली गर्ने नगर भन्नुहुन्थ्यो ।’

उनले निश्चललाई आफूले संगत गरेका थोरै निर्देशकमध्ये राम्रा भएको बताइन् । ‘निश्चल बस्नेत भनेको यस्तो निर्देशक हो, जसलाई सुटिङ सकिएपछि सबैले धन्यवाद भन्छन् होला । यति सजिलो, चिल र कुल निर्देशक । मैले पनि अहिलेसम्म थोरैसँग मात्र काम गर्‍या छु होला,’ स्वस्तिमा भन्छिन् ।

‘दिमाग खराब’ कात्तिक २४ गतेदेखि प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?