+
+

कक्षा १२ को परीक्षा ८१ साल वैशाख दोस्रो हप्ता हुने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १६ गते १३:५०

१६ असोज, काठमाडौं । कक्षा १२ को परीक्षा २०८१ को वैशाख दोस्रो हप्ता हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले शैक्षिक सत्र २०८०/८१ को वार्षिक कार्यतालिका सार्वजनिक गर्दै २०८१ को परीक्षा बैशाख दोस्रो हप्ता र नतिजा साउनको तेस्रो हप्ताभित्र प्रकाशन हुने जनाएको छ ।

२०८१ साल वैशाख महिनामा सञ्चालन हुने कक्षा १२ का नियमित, आंशिक र ग्रेडवृद्धि एवं कक्षा ११ (पुरानो ग्रेडवृद्धि) परीक्षार्थीको वार्षिक परीक्षाको समय तालिका २०८० माघ मसान्तभित्र प्रकाशन गरिने छ ।

कक्षा ११ को ग्रेडवृद्धि परीक्षा (रजिस्ट्रेसन नम्बरको सुरुको दुई अङ्क ७६ हुने परीक्षार्थी) २०८१ वैशाख महिनाको अन्तिम हप्तादेखि सञ्चालन हुने उल्लेख गरेको छ ।कार्यतालिकामा विद्यालयहरूले कक्षा ११ को वार्षिक परीक्षा २०८१ जेठ महिनाको पहिलो हप्तादेखि सञ्चालन गर्नुपर्ने भनिएको छ ।

कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा वार्षिक परीक्षाको नतिजा प्रकाशन भएको मितिले ४५ दिनभित्र सञ्चालन हुने भनिएको छ ।

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा भाद्र महिनाको तेस्रो हप्ताभित्र प्रकाशन हुने छ । पुनर्योगका लागि निवेदन दिने समय नतिजा प्रकाशन भएको मितिले १५ दिन तोकिएके छ । पुनर्योगको नतिजा प्रकाशन भएको मितिले ४५ दिनभित्र (पहिलो चरणको नतिजा पूरक परीक्षा सञ्चालन हुनुभन्दा अगाडि) ।

कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि सम्बन्धित विद्यालयले बोर्डको वेबसाइट मा रहेको फाराम डाउनलोड गरी  कार्तिक मसान्तभित्र रजिस्ट्रेसन आवेदन फाराम वितरण गर्नुपर्ने छ  ।

कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूको रजिस्ट्रेसन आवेदन फाराम बापतको शुल्क सम्बन्धित विद्यालयले २०८० पौष १५ गतेसम्म बुझाउनुपर्ने र विद्यार्थीले रजिस्ट्रेसन फाराम समेत सोही मितिभित्र भरिसक्नुपर्ने (रजिस्ट्रेसन बापतको शुल्क जम्मा गरेको बैंक भौचर  पौष १५ गते भित्रको हुनुपर्ने) ।

विलम्ब शुल्कसहित रजिस्ट्रेशन आवेदन फाराम बापतको शुल्क बुझाउने अन्तिम म्याद २०८० पौष मसान्तसम्म हुनेछ ।

विद्यालयहरूले २०५० माघ १५ गतेभित्र अनलाइन इन्ट्रि समेत गरी बोर्डका सम्बन्धित कार्यालयमा रजिस्ट्रेसन आवेदन फाराम बुझाउनुपर्ने र २०८० फागुन १५ गतेभित्र सम्बन्धित विद्यालयहरूलाई ट्रिप्लिकेट सहित रजिस्ट्रेसनको अर्धकट्टी वितरण गर्ने कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?