+
+

वर्षा लम्बिन सक्ने भन्दै किसानलाई तत्काल धान नकाट्न धनगढी उपमहानगरले गरायो सचेत

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १६ गते १३:५२
फाइल तस्वीर

१६ असोज, काठमाडौं । वर्षा लम्बिन सक्ने भन्दै कैलालीको धनगढी उपमहानगरपालिकाले किसानलाई तत्काल धान नकाट्न सचेत गराएको छ ।

जल तथा मौसम विज्ञान विभागले मंगलबारदेखि पर्सी बुधबारसम्म पानी पर्ने सम्भावना रहेको बताएपछि उपमहानगरका नगर प्रहरीहरु किसानहरुलाई सचेत गराउन खेत खेतमा पुगेको उपमहानगरका सूचना अधिकारी नरेन्द्रबहादुर खातीले जानकारी दिए ।

उपमहानगरका अनुसार केही दिन धान नकाट्न र काटेको भए तत्काल उठाउन नगर प्रहरीहरु माइकिङ गर्दै हिँडेका हुन् । उपमहानगरको सबै वडाका किसानहरुलाई सूचना पुग्नेगरी माइकिङ गरिरहेको खातीले बताए ।

धनगढीमा अघिल्लो वर्ष पनि धान काट्ने समयमा वर्षाका कारणले किसानको धानबालीमा क्षति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?