+
+

‘राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी घटुवा सिफारिस हुनु चिन्ताजनक’

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १६ गते १६:००

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको खस्किंदो अवस्थाप्रति नागरिक समाजका अगुवाहरूले चिन्ता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सोमबार काठमाडौंमा गरेको ‘वर्तमान सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगको भूमिका’ विषयक कार्यक्रममा बोल्ने नागरिक अगुवाले आयोगको भूमिकाप्रति चिन्ता व्यक्त गरेका हुन् ।

कार्यक्रममा बोल्दै इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले देशभित्रको राजनीतिक अस्थिरतालाई देखाएर अन्तर्राष्ट्रिय संस्थाले राष्ट्रिय मानव अधिकार आयोगको अवस्थालाई ‘क’ वर्गबाट ‘ख’ वर्गमा झार्न सिफारिस गर्नु दु:खद भएको बताए ।

राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीलाई नागरिक समाजसँगको सहकार्यमा जोड दिन र हिरासतभित्र हुने यातना, बाल सुधार गृहभित्र भइरहेका हिंसा र महिला हिंसाका विभिन्न सवालमा तत्काल तदारुकताका साथ कम गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य माननीय डा. सूर्य ढुंगेलले देशभित्रको नागरिक समाज एक हुन नसकेसम्म आयोगको एकल प्रयासले मात्र नहुने धारणा राखे । आफूहरूको नियुक्तिका कारणले मात्र नेपालको मानव अधिकार आयोगलाई ‘ख’ वर्गमा झार्न सिफारिस नगरेको उनले बताए । राज्यले संयुक्त राष्ट्रसंघको मानवअधिकार समितिमा बलियो गरी आफ्ना भनाइ राख्न नसकेकाले गानरीले नेपाललाई ‘ख’ वर्गमा राख्न सिफारिस गरेको उनको भनाइ छ ।

कार्यक्रममा ओरेककी अध्यक्ष डा. रेणु अधिकारीले अहिले मानव अधिकार आयोग इतिहासकै सबैभन्दा कठिन परिस्थितिको सामना गरिरहेको बताइन् । मानव अधिकार आयोगको श्रेणी घटुवा रोक्ने हो भने आयोगका पदाधिकारीले तुरुन्तै राजीनामा दिनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?