+
+
Shares

मिस ग्राण्ड इन्टरनेसनलमा भाग लिन भियतनाम लागिन् गरिमा

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १६ गते १६:३४

काठमाडौं । मिस ग्राण्ड नेपाल-२०२३ की विजेता गरिमा घिमिरे अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन मंगलबार भियतनामतर्फ प्रस्थान गरेकी छन् । त्यसतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिडियासँग कुरा गर्दै उनले उपाधि जित्न आफूले सक्दो मेहनत गर्ने बताइन् ।

उक्त प्रतिस्पर्धा मिस ग्राण्ड नेपालको प्यारेन्ट प्रतिस्पर्धा हो । गरिमा मिस युनिभर्स नेपाल-२०२३ को उपविजेता घोषित भएकी थिइन् । फस्ट-रनरअप बनेपछि उनले मिस ग्राण्ड इन्टरनेसनलमा मुलुकको प्रतिनिधित्व गर्ने मौका पाएकी हुन् ।

आगामी अक्टोबर २५ मा भियतनामको होचीमिन्ह सहरस्थित फुथो रंगशालामा प्रतिस्पर्धाको ११ औं संस्करण आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?