+
+

माल्टा पुगेर भुवन केसीले भने- नेपाली फिल्म र संस्कृतिको प्रवर्द्धनमा सघाउनुहोला

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १६ गते १७:४३

काठमाडौं । युरोप भ्रमणमा रहेका चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी यतिबेला माल्टामा छन् । स्वीट्जरल्याण्ड हुँदै माल्टा पुगेका उनले त्यहाँस्थित ब्लु हर्स इन्टरटेन्मेन्टको उद्घाटन समेत गरे ।

नेपाली फिल्म र कला संस्कृतिको प्रवर्द्धनमा सघाउन केसीले उक्त अवसरमा आग्रह गरे । नेपालीपनको आभास दिलाउन सक्ने कार्यक्रम आयोजना गर्न सके बोर्डबाट हुन सक्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको उनले बताए ।

लोकगायिका सुनिता दुलाल समेत कार्यक्रममा सहभागी थिइन् । उनले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई नचाइन् । प्रेमिका जिया केसीसँगै भुवन यतिबेला युरोपमा छन् ।

युरोपका विभिन्न मुलुकमा नेपाली कला, संस्कृति र भेषभूषाको प्रवर्द्धन गर्ने उद्देश्यले ब्लु हर्स इन्टरटेनमेन्टको थालनी गरेको परिकल्पनाकार जीके शर्माले बताए । यसका लागि नेपालस्थित राइज मिडिया नेटवर्कसँग समझदारी भएको उनले बताए ।

माल्टालगायत युरोपमा रहेका नेपालीलाई एकताबद्ध गरी नेपाली मौलिकतालाई युरोपमा प्रवर्द्धन गर्न ब्लु हर्स इन्टरटेन्मेन्ट निरन्तर सक्रिय रहने शर्माको भनाइ थियो । उक्त संस्थाले युरोपेली मुलुकमा रहेका प्रतिभालाई प्रतिभा प्रस्फुटन गर्न अवसर प्रदान गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?